माछापुच्छ्रेमा एक केजी गाँजासहित २ जना प्रकाउ

पाेखरा | माघ १५, २०८०

माछापुच्छ्रेमा एक केजी गाँजासहित २ जना प्रकाउ

पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोला कोल्चोकबाट प्रहरीले २ जना एक केजी ३० ग्राम लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीको टोलीले कोल्चोकबाट दुईजनालाई हिजो (आइतबार) लागूऔषध गाँजासहित प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–१७ घारेपाटन बस्ने ३४ वर्षीय कुमार सुनार र २८ वर्षीय सन्तोष सुनारलाई कोल्चोकबाट गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 


 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्